२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन विवादमा

लण्डन-  नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिवार (आज) का लागि तय भएको अधिवेशन विवादमा परेको छ। शाखाका महासचिवसहित अधिकांश पदाधिकारीले असन्तुष्टि जनाउँदै स्थगनको माग गरेपछि अधिवेशन विवादमा परेको हो। शनिवार शाखाका महासचिव प्रकाश ढकालसहितको टोलीले महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलाई एक ध्यानार्षण पत्र लेख्दै महासंघको वैदेशिक नियमावली विपरित हुन लागेको अधिवेशन तत्काल स्थगन गर्न आग्रह गरिएको छ। 

अध्यक्ष डा. विष्टलाई लेखिएको पत्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनी सूचना जारी गरेकोमा केही गम्भीर प्रश्न खडा गरेको भन्दै गुपचुप अधिवेशन गर्न लागिएको आरोप लगाएका छन्।

शनिवार आयोजना हुने भनिएको अधिवेशनका लागि स्थल र सदस्यता नामावलीसम्म सार्वजानिक नगरिएको पत्रमा उल्लेख छ। सदस्यता वितरणदेखि आफ्नो पक्षले पटक–पटक आवज उठाउँदै आएको उल्लेख गर्दै पत्रमा वैदेशिक नियमावली अन्तर्गत छानविन गरी सदस्यता वितरण गर्न माग गर्दै अधिवेशनमा भाग नलिने घोषणा गरिएको छ। 

पत्रमा महेश थापा, संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघ युरोप शाखा, ओम शर्मा, वरिष्ठ उपाध्यक्ष अनुराधा पौडेल, उपाध्यक्ष सदस्यहरु हिरालाल श्रेष्ठ, दिपक क्षत्री र सरस्वती कार्कीलगायतले हस्ताक्षर गरेका छन् । 

यूरोप शाखाका अध्यक्ष केजी राई समूहले एक हप्ताको सार्वजानिक सूचना निकालेर अधिवेसनको घोषणा गरेको थियो । आज आयोजना हुने भनिएको अधिवेशनमा भाग लिन केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी बेल्जियम पुगेका छन्। 

महासचिव ढकालले पूरै गुरिल्लाशैलीमा आयोजना भएको अधिवेशनमा भाग लिनुको औचित्य नभएको नागरिकन्युजसँग बताए। यस्तो कुनै राजनीतिक दलका कार्यकर्ताको भेला पत्रकार महासंघको अधिवेशन भन्न नमिल्ने भन्दै यूरोपस्थित व्यवसायिक पत्रकारहरुको मनमा चोट पुगेको महासचिव ढकालले बताए।

 

 

प्रकाशित: १० असार २०७४ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App