१५ चैत्र २०८० बिहीबार
प्रवास

इजरायलीका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य

तेलअभिभ— इजरायलस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा सोमबार साँझ पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ। पूर्वी मेडिटरनियनको सबैभन्दा ठूलो टुरिज्म फेयरमामा नेपाली कार्यक्रम सम्पन्न भएको हो।

नेपाली परम्परागत नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बोल्दै नेपालका लागि पूर्व इजरायली राजदूत गोडरले इजरायलीहरुका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य रहेको बताए। 

इजरायली पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालित सो कार्यक्रमको नेपालका लागि पूर्व इजरायली राजदूतहरु डन बेन एलिजर, हाना गोडर तथा नेपाली दूतावसका कार्यवाहक राजदूत रामेश्वर पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

स्वागत भाषण गर्दै कार्यवाहक राजदूत पौडेलले नेपाल पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए। पर्यटन बोर्डका इजरायलस्थित अवैतनिक जनसम्पर्क अधिकृत नाड्य बेन यहुदाले आफ्नो अन्नपूर्ण प्रथम हिमाल आरोहणको भिजुवल प्रस्तुति देखाएका थिए। 

बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलियाले आफ्नो प्रस्तुतिमा नेपाल वास्तवमै सुन्दर मुलुक भएको उल्लेख गर्दै भ्रमण गन्तव्यका लागि विश्वकै उत्कृष्ट स्थान रहेको उल्लेख गरे।

नेपाली परम्परागत नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बोल्दै नेपालका लागि पूर्व इजरायली राजदूत गोडरले इजरायलीहरुका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य रहेको बताए। 

दूतावासकी द्वितिय सचिव आस्था सुब्बाले सञ्चालन गरेकी थिइन्। पर्यटन प्रवद्र्धनका लागि गरिएका यस्ता कार्यक्रमले इजरायलीहरुलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रमको समापन दूतावास प्रथम सचिव हरिहरकान्त पौडेलले गरेका थिए। 

 

प्रकाशित: २६ माघ २०७३ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App