१६ चैत्र २०८० शुक्रबार
प्रवास

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

लन्डनस्थित नेपाली दूतावास। फाइल फोटो

लण्डन— लण्डनस्थित नेपाली दूतावासले वेलायत सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका वेलायत, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

१ जनवरी २०१७ देखि संकलन कार्य थालिने भएको दूतावासले जनाएको छ। त्यसका लागि फारम भरेर बुझाउन दूतावासले अफ्नो वेब ठेगाना nepembassy.org.uk मा फारमको नमुना राखिदिएको छ।

माथि उल्लिखित मुलुकमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले आफ्नो र परिवारको छुट्टा छुट्टै फारम भर्नु पर्नेछ। यसरी भरिएको फारम इमेल registration@nepembassy.org.uk वा फ्याक्स नम्बर ००४४ २० ७७९२९८६१ पठाउन दूतावासले भनेको छ।

अावेदन गरेकै दिन भिषा

यसैगरी नेपाली दूतावास लण्डनले आवेदन गरेकै दिन नेपालको भिषा उपलब्ध गराउने भएको छ। नयाँ वर्षको सुरुवाती मिति १ जनवरी २०१७ देखि यो नियम लगू हुनेछ।

राहदानी, वारेसनामा लगायत कन्सुलरसम्बन्धी सेवा लिँदा बुझाउनु पर्ने रकम पनि बैंकमा बुझाएर भौचर सहित दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। कारणवश बैंकमा रकम जम्मा गर्न कठिनाई भएको अवस्थामा केही समयको लागि राजदूतावासमा नगद शुल्क बुझाउन सकिने जनाइएको छ।

 

प्रकाशित: १५ पुस २०७३ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App