अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री रामेश्वर राय यादवले पार्टी परित्याग गर्दै केही नेता–कार्यकर्तासहित जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह केही बेरमा पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्।