२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री यादव समूहले छाड्यो नेकपा, जसपामा उपेन्द्रले गरे स्वागत

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री रामेश्वर राय यादवले पार्टी परित्याग गर्दै केही नेता–कार्यकर्तासहित जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा यादवसहित दर्जनौं नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे।

तत्कालीन माओवादीबाट मन्त्री बनेका रामेश्वरले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको टिकटको दाबी गरेका थिए। तर पार्टीले उक्त क्षेत्रमा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेको बताइन्छ।

रामेश्वरसँगै सर्लाही–३ अन्तर्गत चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा समावेश भएका छन्।

 

प्रकाशित: ४ माघ २०८२ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App