१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन मितव्ययी बनाउन अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्ने बताए ।

उनले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न  आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता जनाए । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने बताए ।

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र  जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

 

प्रकाशित: ४ माघ २०८२ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App