विराटनगर विमानस्थलमा बालेन, रवि गठबन्धन, सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमति र मन्त्रीहरूले नै पार्टी खोलेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री आर्यालले आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन्।