हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले यदि उनीहरूलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिए।
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।