सरकारी वकिलहरूले यामागामीलाई ‘गम्भीर’ अपराधको लागि आजीवन कारावासको सजाय हुनुपर्ने तर्क गरेका थिए। आबेको हत्याले राष्ट्रलाई स्तब्ध बनाएको थियो। जापानमा बन्दुक अपराध लगभग अस्तित्वमा छैन।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ताको दिन मंगलबार निर्धारित समयमा ११८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नं. ४ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १५ जना पार्टीबाट र ७ जना स्वतन्त्र उम्मेदवार छन्। यो क्षेत्रमा महिला ३ जनाले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीले महिलालाई उठाएका छन्।