वादी समुदायका लागि देशमा आएको लोकतान्त्रिक गणतन्त्र केबल शब्दमा मात्र सीमित छ । पदम राना वादी भन्छन्, ‘राजनीतिक परिवर्तन भयो, सरकार फेरियो तर वादीको उत्थान कहिल्यै प्राथमिकतामा परेन । न त हामीमाथि हुने जातीय विभेद मेटियो न जीवन नै फेरियो । वादीको समस्या वादीकै प्रतिनिधिलाई मात्र थाहा हुन्छ, गैरवादीले त्यो पीडा बुझ्न सक्दैनन् ।’