६ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

विदेशीले रुचाएका नेपाली गाइड

उदाहरणीय युवा

बेलायती टोलीलाई ब्रिफिङ दिँदै नेचर गाइड रामजान चौधरी।

पर्यटकलाई घुमाउने पथप्रदर्शकहरू नेपाल प्रवद्र्धन गर्ने पर्यटन दूतहरू हुन्। यस्तै एक जना पथप्रदर्शक रामजान चौधरी नेपालमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छन्। कुनै अन्तर्राष्ट्रिय सेलिब्रिटी, सञ्चारकर्मी, वैज्ञानिक र संरक्षणविद् बर्दिया घुम्न आउँदा उनकै खोजी हुन्छ।  

बाइस वर्ष भयो उनी नेचर गाइड बनेको। यस अवधिमा उनले बर्दिया, चितवन र शुक्लाफाँटामा सयौं पर्यटक डुलाइसके। उनमा अंग्रेजी भाषामा कमाण्ड, पर्यटकलाई राम्रोसँग बुझाउने क्षमता र निकुञ्जको विज्ञता छ। सबैभन्दा ठूलो कुरा कामप्रतिको समपर्ण र इमान्दाारिताका कारण उनी हाईहाई भएका हुन्।  

पथप्रदर्शकहरू नेपाल प्रवद्र्धन गर्ने पर्यटन दूतहरू हुन्। यस्तै एक जना पथप्रदर्शक रामजान चौधरी नेपालमा मात्र होइन विदेशमा पनि लोकप्रिय छन्। कुनै अन्तर्राष्ट्रिय सेलिब्रिटी, सञ्चारकर्मी, वैज्ञानिक र संरक्षणविद् बर्दिया घुम्न आउँदा उनकै खोजी हुन्छ।  

रामजान चौधरी।

जबजब बर्दियामा भिआइपी पर्यटक आउँछन् तबतब उनकै खोजी हुन्छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मार्फत आउने पाहुनाहरू, जैविक विविधता अध्ययन गर्न आउने वैज्ञानिकहरू मात्र होइन, नेशनल जोग्राफी च्यानल, एनिमेल प्लानेट, डिस्कभरी च्यानल, बिबिसी लगायतका पत्रकारहरूको रोजाइमा समेत उनी पर्दै आएका छन्।    

एउटा उदाहरण अस्कर विजेता चलचित्र टाइटनिकका नायक लियो नार्डो डि क्याप्रियोलाई पनि उनले बर्दियामा घुमाएका थिए। उनी डब्लुडब्लुएफको सद्भावना दूतका रूपमा सन् २००९ मा बर्दिया आएका थिए।  

तीन रात बर्दियामा बसेर घुमेका क्याप्रियो उनीसँग यति प्रभावित भएछन् कि संरक्षणका लागि उनकै नाममा खोलिएको फाउन्डेशनमा रामजानलाई पनि सदस्य राखेका छन्।  

टाइटनिक फिल्मका नायक लियो नार्डो डि क्याप्रियोलाई पनि उनले बर्दियामा घुमाएका थिए। एउटै हात्तीमा माहुते, रामजान र क्याप्रियो बसेका थिए। क्याप्रियो उनीसँग यति प्रभावित भएछन् कि संरक्षणका लागि उनकै नाममा खोलिएको फाउन्डेशनमा रामजानलाई पनि सदस्य राखेका छन्।  

‘म उहाँसँग निरन्तर सम्पर्कमा छु’, चौधरी भन्छन्, ‘उहाँलाई भेट्नुअघि मलाई उहाँको विषयमा मलाई थाहा थिएन किनकि मैले एउटा पनि हलिउड फिल्म हेरेको थिइन।’  

उनलाई डब्लुडब्लुएफले ‘ठूलो मान्छे आउँदैछन्। हल्ला नगरी राम्रोसँग घुमाउनुपर्छ’ भनेका रहेछन्। आखिर गाइड भएपछि ठूला मान्छे आऊन् या साना सबैलाई समान व्यवहार गर्नुपर्छ।  

क्याप्रियोको समूहमा सय जना जति बर्दिया पुगेका थिए। ‘माहुते, क्याप्रियो र म मात्र हात्तीमा बसेर पनि जंगल घुम्यौं। मलाई त उहाँ सामान्य मान्छे जस्तै लाग्यो। सरल व्यवहार पाएँ।’  

उनले पछि मात्र टाइटनिक फिल्म हेरे। उनले नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत चिनियाँ नायिका स्वी छिङलाई  पनि घुमाएका थिए।  

सेलिब्रिटी र अध्येताहरूलाई घुमाउँदा के फरक हुन्छ त?  

चिनियाँ अभिनेत्री स्वी छिङसँग।  

‘नायक नायिका जस्ता सेलिब्रिटी आउँदा बढी तामझाम हुन्छ’, उनले अनुभव बाँडे, ‘अध्येता, वैज्ञानिक, संरक्षणविद्हरू सुटुक्क आउँछन्। हल्लाखल्ला नगरी अध्ययन गरेर फर्कन्छन्। उनीहरूसँग बढी घुलमिल हुन पाइन्छ।’  

जंगल घुम्दाघुम्दै, विदेशी पर्यटक र स्थानीयसँग अन्तरक्रिया गर्दागर्दै र संरक्षणका काममा सक्रियता जनाउँदाजनाउँदै उनी आफैं संरक्षणविद् बनिसके। कुनै विदेशी संस्था हुन् या दूतावासले काठमाडौंमा ‘वाइल्ड लाइफ कार्यशाला’ गरे भने वक्ताका रूपमा उनलाई उभ्याउँछन्।  

‘फाइन्डिङ बिस्ट’ फिल्मकर्मीहरूले नेचर गाइड रामजान चौधरीको अन्तवार्ता लिँदै।  

कार्यक्रमहरूमा उनी कहिले पर्यापर्यटन, कहिले चरा संरक्षण, कहिले होमस्टे त कहिले जैविक विविधताको महत्वबारे ज्ञानगुण बाँडिरहेका हुन्छन्। त्यस्तै बर्दियामा संरक्षणका कार्यक्रमहरूको अगुवाइ गर्छन्।    

उनी ४१ वर्षमा हिँड्दै छन्। ज्यादै सरल छन्। आत्मीय पनि। जीवनमा धेरै दाम कमाएर आधुनिक जीवनशैली अँगाल्ने उनको सपना छैन। जिन्दगीभर संरक्षणकै काममा लाग्ने उनको अठोट छ।  

कार्यक्रमहरूमा उनी कहिले पर्यापर्यटनको, कहिले चराको, कहिले होमस्टेको त कहिले संरक्षणका विषयमा ज्ञानगुण बाँडिरहेका हुन्छ। त्यस्तै बर्दियामा संरक्षणका कार्यक्रमहरूमा अगुवाइ गर्दैछन्।  

‘उजाड भूमिमा धेरैभन्दा धेरै विरुवा रोपेर हुर्काउने लक्ष्य छ’, उनी भन्छन्, ‘वातावरण संरक्षण ग-यो भने मात्र हामी बाँच्छौं।’ उनको अग्रसरतामा २६ हजारभन्दा बढी बिरुवा रोपर उजाड भूमिलाई हराभरा बनाइसकिएको छ।  

अचेल उनी बर्दियामा केन्द्रित छन्। विगतमा संकटकालको समय सन् २००३ देखि सन् २००७ सम्म चितवन राष्ट्रिय निकुञ्जमा बसेर काम गरे। बीचमा कहिले बर्दिया, कहिले चितवन र कहिले शुक्लाफाँटामा पर्यटक घुमाइरहे। सन् २०११ देखि भने निरन्तर बर्दियामै छन्। 

आफ्नो बलबुताले भ्याएसम्म बर्दियालाई आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उनको उद्देश्य छ।  

बाघसहितका जीवजन्तुको बासस्थानका रूपमा प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटे बाघ, ३७ वटा गैंडा, १२० भन्दा बढी जंगली हात्ती र ५१३ प्रजातिका चरा पाइन्छन। निकुञ्ज ९६८ वर्ग किमिमा फैलेको छ। सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएकामा सन् १९८८ मा निकुञ्ज बनाइएको थियो।  

बर्दियामा बाघ। तस्बिर:दिपक राजबंशी।

बर्दियामा नेचर गाइड तालिम त धेरैले लिएका छन् तर पच्चीस जना जति गाइड मात्र सक्रिय छन्। प्रकृतिकै आँगन ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा जन्मेहुर्केका रामजान सानैदेखि प्रकृतिप्रेमी भएर निक्ले। कृषक परिवारमा जन्मेका उनमा खासै ठूलो सपना थिएन।

‘अंग्रेजी फरर बोल्न सकूँ । चराको अध्ययन गर्न सकूँ । नेपालको बारेमा विदेशीलाई बताउन सकूँ भन्ने मात्र थियो’, उनले सम्झिए।  

उनले मेजर अंग्रेजी विषय लिएर स्नातक तह उत्तीर्ण गरेका छन्। उनले गाउँकै नेपाल राष्ट्रिय प्राविमा ५ कक्षासम्म पढे। पछि चुरे उच्च माविबाट एसएलसी गरे। सन् १९९७ एसएलसी परीक्षा सकेको भोलिपल्टदेखि नै टाइगर टप्स लजमा वेटरको काम पाए। त्यसको ४ महिनामा लजले गाइडको तालिममा पठायो। अनि नेचर गाइड बने।  

अचेल उनी खुसी छन्। ‘पैसा कमाउन नसके पनि समाजलाई चिनाउन पाएको छु’, भन्छन्, ‘म ठूलो मान्छे होइन, असल मान्छे बन्न चाहन्छु।’

सानैदेखि उनी संरक्षणका विषयमा लेख र कविता लेख्थे। वन्यजन्तु र सिमसार दिवसमा आफ्ना रचना सुनाउँथे।  

उनले सामाजिक काममा पनि निकै योगदान गरेका छन्। उजाड भूगोलमा वृक्षरोपण गरेर हराभरा बनाउनुका साथै विदेशी साथीहरूको समन्वयमा १६ जना बालबालिकालाई पढाइहेका छन्। ठाकुरद्वाराका विद्यालयहरूमा भवन बनाउन, शैक्षिक सामाग्री वितरण गर्न, छात्रवृत्ति दिलाउन सहयोग जुटाएका छन्। जंगली जनावरले अभिभावक मारेपछि टुहुरा बनेका बालबालिकालाई निरन्तर सहयोग पु¥याउँदैछन्।  

छत्तीस वर्षको उमेरमा उनका दाइलाई बाघले खाएको थियो। नेचर गाइडले पर्यटकलाई पनि बचाउनु पर्छ। आफू पनि बाँच्नु पर्छ। निकुञ्जमा बाघसँग बरोबर जम्काभेट भइरह्रन्छ। ‘हाम्लाई देखेर कहिले बाघ भाग्छ, कहिले बाघलाई देखेर हामी भाग्छौं।’  

डल्फिन संरक्षणका काममा पनि अगाडि बढेका छन्। चरा र जंगली जनावरको वैज्ञानिक डाटा बनाउन निकुञ्जलाई सहयोग गर्छन्। बर्सेनि चराको चेक लिस्ट बनाउँछन्।  

अर्को महत्वपूर्ण कुरा उनी साँपका समेत विशेषज्ञ हुन्। राति कसैका घरमा साँप पसेर उद्धार गर्नुप¥यो भने गरिदिन्छन्।  

आखिर सेवामै त सन्तुष्टि मिल्छ।  

जिन्दगी राम्रैसँग चल्दै थियो। संसारलाई बिथोल्न कोरोना आइदियो। लकडाउन यता आम्दानी शून्यमा झरेको छ। ‘विकासका नाउँमा मान्छेरूले प्रकृतिको विनाश  गरेकाले कोरोना भाइरसको महामारी फैलेको हो’, चौधरी भन्छन्, ‘हामीले प्रकृतिलाई माया ग¥यौं भने मात्र हामी बाँच्छौं।’  

उनले तीन वर्षअघि आफ्नै कम्पनी ‘द वेन एडभेन्चर्स’ खोलेका छन्। त्यसअघि टाइगर टप्स र राइनो लजमार्फत काम गर्थे। उनको कम्पनीमा भान्जा दिपक राजवंशी पनि छन्। राजबंशी कुशल गाइड र राम्रा वाइल्ड लाइफ फोटोग्राफर हुन्।  

उनी आमा, बुबा, श्रीमती, छोरा र दाइका तीन छोराछोरीसँगै बस्छन्। उनका दाइ  हरिरामलाई  २०५३ सालमा बाघले खाइदिएको थियो। त्यतिबेला उनी ३६ वर्षका थिए।  

जिन्दगी राम्रैसँग चल्दै थियो। संसारलाई बिथोल्न कोरोना आइदियो। लकडाउन यता आम्दानी शून्यमा झरेको छ। ‘विकासका नाउँमा मान्छेरूले प्रकृतिको विनाश गरेकाले कोरोना भाइरसको महामारी फैलेको हो’, चौधरी भन्छन्, ‘हामीले प्रकृतिलाई माया ग-यौं भने मात्र हामी बाँच्छौं।’  

त्यसैले जंगलमा हिँड्ने काम सजिलो छैन। नेचर गाइडले पर्यटकलाई पनि बचाउनु पर्छ। आफू पनि बाँच्नुपर्छ। निकुञ्जमा बाघसँग बरोबर जम्काभेट भइरह्रन्छ। भन्छन्, ‘हाम्लाई देखेर कहिले बाघ भाग्छ, कहिले बाघलाई देखेर हामी भाग्छौं।’  

बर्दियामा सोचेजति पर्यटक आउन सकेका छैनन्। यसमा धेरै कारण छन्। सडक यात्राका हिसाबले बर्दियाबाट काठमाडौं टाढा छ। काठमाडौं–नेपालगञ्ज हवाई उडानमा विदेशीले महँगो शुल्क तिर्नुपर्छ। फेरि युरोपेली र अमेरिकी पाहुना बूढाबूढी हुन्छन्। उनीहरूका लागि अत्याधुनिक सुविधाका होटल, खाना सुविधा नभएकाले पनि पर्यटक कम आएका उनको ठम्याइ छ।  

‘नेपाल पर्यटन बोर्ड र सरकारले बर्दियाको प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउनुपर्छ’, उनी सुझाउँछन्, ‘बर्दियामा थेगिनसक्नु पर्यटक नआउन्जेल उनीहरूलाई छुट दिएर आकर्षित गर्नुपर्छ।’  

बरु पछिल्लो समय आन्तरिक पर्यटक बढ्दै जाँदा उनी उत्साही छन्।  

यसरी संघर्षपूर्ण जीवन बाँच्दै आएका रमजान कामप्रति सन्तुष्ट छन्। मेहेनतको फल पाएको अनुभव गरिरहेका छन्।  

अन्त्यमा, पर्यापर्यटन प्रवद्र्धन मञ्च बर्दियाका संयोजक मोहन थारुका भनाइ–‘नेचर गाइड रामजान बर्दियाको मात्र होइन, नेपालकै गौरव हुन्।’    

वाइल्ड लाइफ टुरिजममा अतुलनीय योगदान पु-याउँदै आएका मित्र रामजान चौधरीको सुस्वास्थ्य एवं दीर्घायुको कामना!  

आफ्नै कार्यालयमा नेचर गाइड राजमान चौधरी। 

प्रकाशित: २३ भाद्र २०७७ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App