पाहार ट्रस्ट नेपालले हाम्रो गाउँ ताङतिङको हिमालय मिलन माध्यमिक विद्यालयमा भवन बनाउने भएपछि आइल अफ मेनस्थित सेन्ट थोमस चर्च अफ इङग्ल्याण्डको स्कुलसँग हाम्रो मितेरी साइनो गाँसियो । बेलायतस्थित हाम्रो मित स्कुलका प्रधानाध्यापक थिए–जोन रेली ।
यता ताङतिङको प्रधानाध्यापकचाहिँ म । हाम्रो साइनो गाँसिएपछि हाम्रा विद्यार्थीबीच पत्रमित्रता हुन थाल्यो । हाम्रा बाबुनानीले ताङतिङको भूगोल, चाडपर्व, रहनसहन, गाउँलेको पेसा लगायत परिवार, घरपालुवा जनावर र जीविकोपार्जनका तरीका लेखेर चिठी पठाउँथे ।
उताका विद्यार्थीले पनि आइल अफ मेनको भूगोल, त्यहाँका पर्यटकीयस्थल, बाबाआमाको पेशा, विद्यालय र आफ्ना गाडीका विषयमा लेखेर पठाउँथे । त्यसैगरी हाम्रो विद्यालयका शिक्षक र सेन्ट थोमसका शिक्षकबीच पनि अनुभव, नवीनतम शिक्षण विधि र सांस्कृतिक ज्ञान आदानप्रदान भइरह्यो ।
ताङतिङको प्रधानाध्यापकका नाताले मितेरी स्कुलका सबै गतिविधि मैले नै गर्नुपथ्र्यो । मैले मितेरी स्कुलका प्रधानाध्यापक रेलीलाई हाम्रो गाउँ ताङतिङ घुम्ने निम्तो दिएँ । इमेल मार्फत सयौं पटक आउन आग्रह गरें ।
पन्चै बाजासहित पाहुनाको स्वागतमा उभिएका हामी गाउँले र हातमा सयपत्रीको माला बोकेर नमस्ते ! नमस्ते ! नमस्ते ! भनिरहेका विद्यार्थी देख्दा उनीहरूले दिनभरको थकाइ बिर्सिए ।
हामीलाई बेलायत जान सजिलो थिएन । महँगो जहाज भाडा, भिसा पाउन सकस आदिका कारण हामी जानुभन्दा उताबाट रेलीलाई निम्त्याउनु ठीक सोच्यौं हामीले ।
रेली त्यहाँका शिक्षाविद् मात्र नभएर राम्रा संगीतकार पनि हुन् । पियानो बजाउन र गीत गाउन सिपालु गायक ।
ढिलै भए पनि हाम्रो निम्तालाई स्विकार गरेर उनी २०५७ चैतमा ताङतिङ आए । पाहार ट्रस्ट नेपालले बनाएको हाम्रो विद्यालयको एघार कोठे भवन उद्घाटन समारोहमा ताङतिङमा पहिलो पटक पाइला टेके । हाम्रो विद्यालय बनाउन आइल अफ मेनको सरकार र त्यहाँका दयालु महानुभावले सहयोग गरेका थिए । रेलीलाई पाहार ट्रस्ट बेलायतका अध्यक्ष हाउर्ड ग्रिन एमविइले भवन उद्घाटनमा जोडिन सेतुको भूमिका निर्वाह गरेका थिए ।
उनी ताङतिङ आउनुअघि उनका विद्यार्थीले हाम्रा बाबुनानीलाई थुप्रै उपहार पठाइसकेका थिए । उनको भ्रमण दलमा १२ बेलायती थिए । तिनताका ताङतिङदेखि पोखरासम्म सडक जोडिएको थिएन । पोखराबाट काउरे कुनासम्म थोत्रो रसियन जीप चल्थ्यो । त्यसपछि हिँड्नुको विकल्प थिएन ।
चैतको उखरमाउलो गर्मीमा काउरेकुनाको ठाडो उकालो चढेर काउरे गाउँ, छाचोक हुँदै मादी तरेर सेतीखोला बगरमा लन्च गरेका थिए उनीहरूले । त्यहाँबाट करुपाखाको उकालो चढेर उपल्लो बेंसी काउचितिको चौतारामा पुग्दा उनीहरू आत्तिसकेका थिए ।
असिनपसिन हुँदै उनीहरू उर्दूको गौडा (उर्दूचोमा) आइपुगे । हामी गाउँलेहरू पाहुनाको स्वागत गर्न गौंडामा जम्मा भएका थियौं । गौंडा नजिकै ठूलो ओडार छ अनि (भयर) भूमि थानमा उत्तिसको जंगल पनि । त्यहाँ मान्छेको आवाज सुन्दा रेलीको समूह छक्क परेछ ।
पन्चै बाजासहित पाहुनाको स्वागतमा उभिएका हामी गाउँले र हातमा सयपत्रीको माला बोकेर नमस्ते ! नमस्ते ! नमस्ते ! भनिरहेका विद्यार्थी देख्दा उनीहरूले दिनभरको थकाइ बिर्सिए ।
आँखैसामुन्ने हिमाल । ढुंगामाटोले बनेका र टिन तथा ढुंगाले छाएका घर । शान्त बस्तीमा आइपुग्दा उनीहरूले खुसीका आँसु खसाले । जीवनमा पहिलो पटक यस्तो मीठो स्वागत पाउँदा सबै रोमाञ्चित बने ।
त्यो बेलामा गाउँमा होटल तथा होमस्टे सुविधा थिएन । हामीले उनीहरूलाई विद्यालयको नयाँ भवनमा बस्ने व्यवस्था मिलायौं । राति गाउँका आमा समूह, ठेटर टोली र युवा मिलेर सांस्कृतिक कार्यक्रम ग¥यौं ।
त्यो रात मुसलधारे पानी प¥यो । हामी नेपाली तथा गुरुङ भाषाका गीत गाएर नाच्यौं । उनीहरूलाई पनि नचायौं । बिहान २ बजेसम्म नाचगान चल्यो ।
उनले ताङतिङमा मात्र होइन, अन्यत्रका अनाथ बालबालिकालाई पनि धेरै सहयोग पु¥याएका छन् । उनी २०५७ सालदेखि ०६८ सालसम्म १६ पटक ताङतिङ आए । उनले ताङतिङलाई दोस्रो घर बनाए । ताङतिङका सबै मान्छेलाई आफ्नो परिवारको सदस्य ठाने ।
हामी बिदा मागेर आआफ्ना घरमा सुत्न गयौं । उनीहरू जसोतसो विद्यालयका बेन्चमा मेटे«स ओछयाएर सुते ।
अर्काे दिन हाम्रो विद्यालयको नवनिर्मित भवन उद्घाटन आइल अफ मेनबाट आएका पाहार ट्रस्ट बेलायतका अध्यक्ष हावर्ड ग्रिन एम विइले गरे । ताङतिङ जस्तो दुर्गम गाउँमा दुईतले पक्की भवन बनाइदिएकामा हामी पाहार ट्रस्टप्रति आभारी छौं ।
उताबाट आएका अन्य सहयोगीहरू पनि अन्नपूर्णको काखमा बसेको गाउँका बालबालिकाको लागि पवित्र मन्दिर बनाउन सहयोग गर्न पाएकामा ज्यादै खुसी भए । भवन उद्घाटन कार्यक्रममा हामीले मन खोलेर उनीहरूलाई धन्यवाद दियौं ।
हावर्डका हातबाट भवन उद्घाटन गरेपश्चात् हामीले उनीहरूलाई भेडाको बक्खु, कम्मल, चोयाले बुनेको स्याखु, डोको र सम्मानपत्र दियौं ।
उनीहरूले हामीलाई तीनखुट्टे झण्डा लगायत थुप्रै शैक्षिक सामाग्री हस्तान्तरण गरे । मनकारी रेलीले आफ्ना विद्यार्थी र नातेदारले पठाएका दुई सय वटा झोला, कपडा, संगीतका सामान, खेल सामाग्री र शैक्षिक सामग्री कोसेलीस्वरूप बाँडे ।
पहिलो पटक नेपाल आएका रेलीलाई गाउँलेको माया, विद्यार्थीको आत्मीय, गुरुङ संस्कृति र प्राकृतिक वातावरणले मोहित तुल्यायो । हामी गाउँलेहरूले पनि मन भारी बनाएर उनीहरूको बिदाइ गर्यौं ।
उनीहरूलाई पुर्याउन म छिमेकी गाउँ सिक्लेससम्म उकालिएँ । ताङतिङबाट हिँड्दै गएर मादी नदीको किनारमा लन्च खाएर घाममा पल्चेको बाटो हुँदै उकालो चढेर बेलुकी सिक्लेस पुगेका थियौं ।
बेलुकी हालका प्रदेश सभासद् मनबहादुर गुरुङका घरमा बास बस्यौं । डिनरपछि त्यहाँका गाउँलेले आफ्नो गाउँमा पनि विद्यालय बनाइदिन अनुरोध गरे । भोलिपल्ट सिक्लेस घुमेर हामी ओरालो झर्यौं । तल सोधामा ओर्लेर मादीको तिरैतिर हामी छाचोक हुँदै पोखरा फर्कियौं ।
हामीले २०५७ सालमै माध्यमिक विद्यालय स्थापना गर्यौ र एसएलसी दिने विद्यार्थीलाई छात्रावास खाँचो थियो । रेलीलाई छात्रवास बनाउन सहयोग माग्यौं । उनले कति पैसा लाग्छ भनेर सोधे । हामीले ८ लाख रुपैयाँ लाग्छ होला भन्यौं ।
मनकारी रेलीले ताङतिङलाई गुन लगाए । आइल अफ मेन पुगेर उनले सांगीतिक कार्यक्रम गरे । आफन्तजन, साथीभाइ सबैसँग सहयोग बटुलेर अर्को वर्ष ताङतिङेका लागि सुविधासम्पन्न छात्रावास बनाउन पाहार ट्रस्ट नेपाल मार्फत सहयोग पठाएर निर्माणमा सहयोग गरे । यसरी हाम्रो विद्यालयमा छात्रावास बनेको दुई दशक भयो । छात्रावास बनेपछि भाइबहिनीलाई सजिलो भयो ।
विसं २०५७ पछि रेली साथीहरूसँग हरेक वर्ष ताङतिङ आउन थाले । हाम्रो प्रस्तावित माध्यमिक विद्यालयमा सुरुको एक दशकसम्म नेपाल सरकारले मावि शिक्षकको कोटा दिएन । त्यस्तो अवस्थामा निजी स्रोतमा नियुक्त शिक्षकलाई तलबभत्ता खुवाउन उनले मद्दत गरे ।
त्यसबाहेक विद्यालयलाई चाहिने शैक्षिक सामग्री, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, जाडोमा बालबालिका तथा गरीबलाई न्याना कपडा वितरण गर्थे । बर्सेनी उनी आउँदा हामी उनको सम्मानमा ‘जोन रेली स्पोर्ट मिट’ खेलकुद प्रतियोगिता गथ्र्यौं । प्रतियोगिताका विजेताहरूलाई उनले पुरस्कार व्यवस्था गरिदिन्थे ।
उनी गुरुङ संस्कृतिमा भिजेका छन् । विसं २०६५ सालतिर ताङतिङ मितेरी संगठन युके मार्फत ताङतिङका बालबालिकाका लागि डि डब्लु डेकेयर सेन्टर बनाउन पनि उनले सहयोग गरे ।
उनले आफू र आफ्ना साथी आउँदा बस्ने एउटा घर किन्न सुझाए । जुन घरमा अहिले युवा व्यवसायी ईश्वर गुरुङले ‘ताङतिङ गेट टुगेटर लज’ सञ्चालन गरिरहेका छन् । रेलीले ईश्वरका दाइ सुरेन्द्रलाई आफ्नो धर्म छोरा बनाएका थिए ।
उमेर ६० कटेका जोन रिटायर्ड लाइफमा पनि स्कुलमा पढाउँछन् । उनी चर्चमा गएर मीठो गीत गाउँछन् । उनले हामीसँग कहिल्यै पनि जात र धर्मका कुरा गरेनन् । हामीलाई गरेको सहयोगमा उनको कुनै स्वार्थ भेटिएन ।
उनले ताङतिङमा मात्र होइन, अन्यत्रका अनाथ बालबालिकालाई पनि धेरै सहयोग पु¥याएका छन् । उनी २०५७ सालदेखि ०६८ सालसम्म १६ पटक ताङतिङ आए । उनले ताङतिङलाई दोस्रो घर बनाए । ताङतिङका सबै मान्छेलाई आफ्नो परिवारको सदस्य ठाने ।
मिलनसार, सहयोगी, कमलो मनका धनी रेली पछिल्लो पटक २०६८ साल कात्तिकमा आएका थिए । लेकसाइड, पोखराको एउटा होटलमा पासपोर्ट, पैसा र सामान राखेर उनको समूह ताङतिङ आएको थियो । पाँच दिनपछि ताङतिङबाट फर्कंदा त्यहाँबाट उनीहरूको पासपोर्ट, पैसा र सामान चोरी भएको रहेछ ।
हामीले प्रहरीमा खबर गर्यौं । पछि लेकसाइडमा एटिएमबाट पैसा झिक्दा उनका साथी माइकको अघिल्तिर मोटरसाइकल चढेर आएको मान्छेले पासपोर्ट फालेर गएछ । कसोकसो पासपोर्टचाहिँ पाइयो ।
त्यो घटनाले रेलीको मन दुख्यो । त्यसपछि उनी फर्केका छैनन् । उनका साथी भने बेलाबेलामा ताङतिङ आउँछन् । उनी मलाई भाइ भनेर सम्बोधन गर्थे । मेरा छोराछोरी उनलाई जोन काका भन्थे । म चाहिँ जोन दाइ भन्छु ।
माओवादी जनयुद्धका बेलामा पनि उनी हरेक वर्ष पोखराबाट हिँडेर ताङतिङ आउँथे । पोखराबाट आउँदा हावाहुरीले धेरै दुःख दिएको थियो । दमका रोगी उनलाई ताङतिङको उकालोमा हिँड्न गाह्रो हुन्थ्यो ।
विसं २०६२ तिरको कुरा, त्यो दिन नेपाल बन्द थियो । उनलाई ताङतिङबाट हिँडाएर छाचोक पु¥याएँ । छाचोकदेखि धनुबाँस माध्यमिक विद्यालयको अवस्था बुझ्न आइल अफ मेनबाट पाहार ट्रस्ट बेलयातको प्रेसिडेन्टले उनलाई जिम्मेवारी दिइएको रहेछ । किनकि छाचोकको स्कुल भवन पनि पाहार ट्रस्ट नेपालले नै बनाइदिएको थियो ।
छाचोकको त्यो ठाडो उकालोमा उनी गले । विद्यालयमा पुगेर भेटघाट गरी फोटा खिचेर काउरे डाँडातिर झर्दा उनका खुट्टाले कामै गरेनन् । मैले जसोतसो मुस्किलले बोकेर काउरे कुनासम्म झारें ।
राति साइँला बाजेको जापानी टोयोटा ट्याक्सी बोलाएर नेपाल बन्दका दिन पोखराको ड्याम साइडस्थित गम गुरुङको होटल ‘टुइन पिक’ मा पु¥याएँ ।
मलाई सधैं एउटा कुरामा उत्सुकता हुन्थ्यो किन होला उनले श्रीमतीलाई नेपाल नल्याएको ? म २०६६ सालमा ताङतिङ मितेरी सङ्गठन युकेको निमन्त्रणामा बेलायत गएको थिएँ । त्यसै क्रममा उनको घरमा एक हप्ता बसें । उनको घर समुन्द्रको छेउमा छ । उनकी जीवनसाथी त्यत्ति निरोगी छैनन् । त्यसैले तिनलाई लामो यात्रा गर्न कठिन रहेछ ।
उनका दुई छोरा पनि विश्वविद्यालयमा पढ्दै थिए । रेली बूढाबूढी नेपालका अनाथ र गरीब बालबालिकाका लागि शिक्षाको ज्योति जगाउन फन्ड रेजका कार्यक्रममा व्यस्त भएको पाएँ ।
उमेर ६० कटेका जोन रिटायर्ड लाइफमा पनि स्कुलमा पढाउँछन् । उनी चर्चमा गएर मीठो गीत गाउँछन् । उनले हामीसँग कहिल्यै पनि जात र धर्मका कुरा गरेनन् । हामीलाई गरेको सहयोगमा उनको कुनै स्वार्थ भेटिएन ।
उनी ताङतिङ आउँदा हामीले निधारमा अक्षताको टीकासहित फूलमालाले स्वागत गथ्र्यौं । उनी खुसीसाथ हाम्रो सम्मान थाप्थे र बरोबर भन्थे, ‘आइ लव ताङतिङ ।’ ‘ताङतिङ इज माइ सेकेण्ड होम ।’
हाम्रो गाउँका शुभचिन्तक रेलीलाई हामी मिस गरिरहन्छु । हामी उनको सुस्वास्थ्य एवं दीर्घायूको कामना गरिरहन्छौं । मलाई विश्वास छ उनी फेरि ताङतिङ आउनेछन् । हामी त्यसैगरी फेरि नाच्नेछौं जसरी पहिलो पटक उनीहरू आउँदा स्कुल प्रांगणमा नाचेका थियौं ।
जोन दाइ, फेरि ताङतिङ आउनुस् है !
(कास्कीको ताङतिङस्थित हिमालय मिलन माविका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश ।)
प्रकाशित: १५ जेष्ठ २०७७ ०६:३४ बिहीबार