८ वैशाख २०८१ शनिबार
ब्लग

मिडियाले मलाई निक्कै 'टर्चर' गर्योः राजदूत लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा। तस्बिर: शेर्पाको फेसबुकबाट

कुटनैतिक मूल्य र मान्यताका कारण म सरकारको अनुमति नभइकन सार्वजनिक रुपमा बोल्ने कुरा भएन। मैले मिडियामा बोल्न पाउँ भनेर स्वीकृति मागेकी छु। सम्भवतः म अर्को साता पत्रकार सम्मेलन गरेरै मेरा कुरा सार्वजनिक गर्नेछु। सरकारले समयमा नै मेरा विरुद्ध उठेका कुराहरुमा प्रष्टीकरण दिएको छैन।

मलाई यतिवेला मिडियाले निकै तनाव दिएको (टर्चर गरेको) छ। दाहाल सरकारले नोमिनेसन गरेर देउवा सरकारले निरन्तरता दिएको हो मेरो नियुक्ती। मैले कहाँबाट अहिलेको सरकारसँग सौदावाजी गर्नु?

अर्कोतर्फ मलाई वर्खास्त गरिएको, मैले राजीनामा दिएको जस्ता हल्लाका समाचार आइरहेका छन्। आजसम्म (बुधवार अपरान्हसम्म) मैले राजीनामा पनि गरेको छैन, मलाई सरकारले बर्खास्त गरेको कुनै सूचना छैन। नेपाली मिडिया किन यति सामान्य कुरामा पनि चुक्छ? नेपाली मिडियालाई आधार मान्ने हो भने त दुइ दिनअघि नै मलाई बर्खास्त गरिएको हो।

मैले के अपराध गरें, न त मेरो विरुद्ध मुद्दा परेको छ? न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पदीय अधिकार दुरुपयोग गर्यो भनेर अनुसन्धान नै गरेको छ? कसैले कपोलकल्पित आरोप लगाएकै भरमा मेरा विरुद्ध नानाथरि कुरा गरिएका छन्।

मैले के अपराध गरें, न त मेरो विरुद्ध मुद्दा परेको छ? न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पदीय अधिकार दुरुपयोग गर्यो भनेर अनुसन्धान नै गरेको छ? कसैले कपोलकल्पित आरोप लगाएकै भरमा मेरा विरुद्ध नानाथरि कुरा गरिएका छन्।

म राजदूत भएर गएपछि जुन २०१७ मा भान्से र चालकको रुपमा वाङ्छु शेर्पालाई मैले अष्ट्रेलिया लगेको हो। उनी छ महिना काम गरेपछि मेरो निवासबाट भागे। म न्यूजील्याण्डमा सपरिवार क्रिडेन्सियल (ओहोदाको प्रमाणपत्र) बुझाउन गएका बेला उनी अष्ट्रेलियाको मेरो निवासबाट भागेका हुन्।

वाङ्छु शेर्पाले सेप्टेम्बरमा मलाई आरोपित गरेको हो। नेपालमा रहँदा पेन्टिङ जानेको, चिया पसल गरेर संघर्ष गरिरहेको र अन्य सिपहरु समेत भएकाले उ मेरोमा काम गर्न जान राजी भएरै लगेको हो। नेपाल सरकारले परिचारक सेवाका मानिसलाई अलग्गै तलब भत्ता दिंदैन। सामान्य चार पाँच सय डलर तलबमा काम गर्ने गरि उसलाई लगेकी हुँ। प्रोटेक्सन भिसाका लागि उसले मलाई आरोपित गरेको हुनसक्छ।

बाङ्छुले पैसा खाएर वेपत्ता भएको गुनासो म कहाँ पनि आएको हो। उसका गलत क्रियाकलाप धेरै सुनेपछि मैले नेपाल सरकारलाई पटक पटक पत्र लेखेर नियन्त्रण गर्न आग्रह गरेकी हुँ। त्यसको कुनै सुनुवाई भएको छैन। उल्टै वाङ्छुले मेरा विरुद्ध लगाएका आरोपलाई मात्र आधार बनाउँदै मिडियाले मेरो चरित्रहत्या गरेको छ। मैले कति पैसा खाएँ वा को बाट मैले पैसा लिए भन्ने एउटा समेत आधार नदिइ चरित्र हत्या गर्ने गरि प्रचारवाजी भइरहेको छ। जसले मलाई तनाव दिइरहेको छ।

मलाई मानव तस्करीमा सहभागी भएको अर्को गंभिर आरोप लगाइएको छ। एबीसी नेपाल जस्तो मानव वेचविखन विरुद्ध काम गर्ने संस्थाबाट मेरो करियर सुरु भएको हो। के कसो गर्दा मानव तस्करी हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। कुनै प्रमाण विना सतही रुपमा मिडिया लागेको देख्दा अचम्म लाग्छ।

मेरो पारिवारिक पृष्ठभूमि हेर्दा पनि मलाई पैसा कमाउन नक्कली भिसा बनाउने वा अन्य काम गर्नु छैन।

कुटनीतिक सेवामा रहेकोले हल्का रुपमा बोल्दै हिड्नु भएन। त्यसैले चुप लागेकी हुँ । पत्रकार सम्मेलन गर्नका लागि मैले सरकारको अनुमति मागेकी छु। मिडियामै आएका कुरालाई आधार मानेर परराष्ट्र मन्त्रालयले म माथि छानविन गर्न सह–सचिवस्तरको समिति बनाएको छ। मैले त्यो समितिमा आफ्नो कुरा राखिसकेकी छु।

परराष्ट्र मन्त्रीसँग म नियमित सम्पर्कमा छु। प्रधानमन्त्रीसँग पनि सम्पर्कमा छु। मन्त्रालयको अनुमति पाएँ भने अर्को साता मिडिया कन्फेरेन्स गर्नेछु। (शेर्पासँगको कुराकानीमा आधारित)
 

प्रकाशित: २५ पुस २०७५ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App