लेखापरीक्षणः हिँड्दैछ, पाइला मेट्दैछ !
वर्तमान समयमा लेखापरीक्षण भौचिङमा मात्र केन्द्रित नभई यस किसिमका सर्वाधिक महत्वका विषयमा केन्द्रित भई त्यसका अँध्यारा र उज्याला सम्पूर्ण पक्षलाई जनतामाझ उपलब्ध गराइदिने र सरकारले उक्त प्रतिवेदनमाथि यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्न गोडा नकमाए मात्र आर्थिक व्यवस्थापनमा लेखापरीक्षण प्रतिवेदनको सार्थकता झल्कन्छ। अन्यथा लेखापरीक्षण भनेको ‘हिँड्दैछ पाइला मेट्दैछ’ बाहेक केही हुन सक्तैन।

