इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्।
सोमबार निधन भएका पूर्व फुटबल खेलाडी मणि शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि दशरथ रंगशालामा राखिएको थियो। लामो समयदेखि कलेजोको समस्याका कारण विरामी भएका ५१ वर्षीय शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको थियो।
२०६१ सालतिरको कुरा हो। लक्ष्मीपुर–४, डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ। म आफैं सदस्य हुन नगए पनि मलाई सदस्यमा राखिदिएका थिए। एक जना भए पनि थारुको सहभागिता गराउने भनेर छलफल भएपछि मलाई समितिमा बस्ने प्रस्ताव आएको थियो। प्रस्तावअनुसार मै