मानिसको जीवन सधैं बाहिरतिर मात्रै बग्दैन, समयक्रमले बिस्तारै मानिसलाई आफैंतिर फर्काउन थाल्छ। त्यसपछि त बाहिरी संसारभन्दा भित्रको संसार हेरेर त्यसैमा हराउन मन लाग्छ।
‘परीक्षामा अनुत्तीर्ण भएमा त्यसलाई सहन गर्न र सहजरूपमा लिन सकिन्छ तर परीक्षामा ठगी एवम् छलछाम गर्नु ठूलो बेइमानी र असफलता हो’, यो भनाइ शैक्षिक क्षेत्रका अभियन्ता शिक्षाविद् फादर जिजु भर्गिजको हो।
मलाई गोरा मानिसको टिप्पणी प्रिय लाग्छ। खासगरी विश्व खेलकुदको सबैभन्दा ठूला प्रतियोगिता हुँदै गर्दा पाका गोरा मानिसले कालो शरीरका खेलाडीहरूमाथि बोलेका शब्द सम्झनलायक हुन्छन्।