नेपाली इतिहासका भ्रमबारे भरत जंगमको पुस्तकभित्र एक जमर्को

यो कृतिले लेखक भरत जंगमको नेपाली इतिहास लेखनमा निकै ठूलो भूमिका देखाउँछ। मजाको कुरा त के भने भक्तपुरमा पुस्तौँपुस्ता बसेका रैथाने जंगमको खलक भएका हुनाले उहाँले उपत्यकाको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा जनश्रुतिबारे लेखकलाई प्रथम तहको ज्ञान छ।