गुटउपगुटले ध्वस्त बनाउन लागेको त्यो नेपालय
अनियमितता र भ्रष्टाचार रोक्न नयाँ पुस्ताको उदय
शासनसत्ता चलाउनेहरू दक्षिणी सरकारदेखि बफादार
फर्केर आएको जस्तो लाग्यो नेपालमा देशभक्त इमानदार
भ्रष्टाचारविरुद्ध हतियारविहीन त्यो युद्ध
आज अवस्था परिवर्तनमा जन्मेका छन् बुद्ध
युवा हुनुको आवश्यक छ र बारम्बार पुष्टि
युवा परिवर्तनका लागि गर्छन् नयाँ सृष्टि।
सिंहदरबार, संसद भवन, अदालत जलाए
राष्ट्रियता र देशभक्तिपूर्ण भावनामा हराए
विश्वकै क्रान्तिमा भएको यो अदभूत
परिवर्तनमा स्वीकार्य छैन वैदेशिक दुत
बन्द नगरौं नयाँ पुस्ताको देशभक्त बोली
असहज हुन सक्छ जनताको जीवन भोलि
देश बाँडीचुँडी गर्नेहरूको षड्यन्त्र गर्नु छ चिरफार
समृद्ध देशको लागि रोक्ने विरुद्ध गर्नु छ उपचार।
समृद्ध देशको लागि स्रोतसाधनको खोजनीति
तिमीले गरेर बनाउनु छ देशभक्त युवानीति
लथालिङ्गमा सचेत रहौं वैदेशिक हस्तक्षेपविरुद्ध
एकले अर्कोलाई आक्षेप लगाई नबनौं क्रुद्ध।
प्रकाशित: २८ भाद्र २०८२ १०:३१ शनिबार





