२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अरुन्धति रोय काठमाडौंमा: अटोग्राफसँगै साटिए मुस्कान र शब्दहरू

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोयले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आफ्ना पाठकहरुका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।

काठमाडौंको थापाथलीस्थित ‘एकता बुक्स’ मा आयोजित ‘बुक साइनिङ’ कार्यक्रममा रोयले आफ्ना नेपाली प्रशंसक तथा पाठकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै हस्ताक्षर गरेकी हुन्।

रोय यतिबेला आफ्नो नवीनतम कृति ‘मदर मेरी कम्स टु मि’ को प्रवर्द्धनका क्रममा काठमाडौंमा छिन्।

हाल अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको यही कृतिका सन्दर्भमा आयोजित हस्ताक्षर कार्यक्रममा साहित्य अनुरागी, विद्यार्थी, लेखक तथा विभिन्न पेसामा आबद्ध पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सन् १९९७ मा प्रकाशित चर्चित उपन्यास ‘द गड अफ स्मल थिंग्स’ का लागि रोयले बुकर पुरस्कार समेत प्राप्त गरिसकेकी छिन्।

उनी साहित्य लेखनसँगै सामाजिक न्याय, मानव अधिकार, वातावरण र राजनीतिक विषयहरूमा निर्भीक धारणा राख्ने बौद्धिक व्यक्तित्वका रूपमा समेत परिचित छिन्।

 सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २१ मंसिर २०८२ १९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App