२६ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कठै!

लघुकथा

नेपालबाट छोरी फोनमा भन्दै थिई, ``खाने पानी बन्द हुन्छ रे! अनि यसबेला मेलम्ची पनि पाइप फुटेर पानी आएको छैन।´´

यसबेला म अमेरिकामा छु। बिहानको खाना पकाउँदै छु। छोरीलाई ``इनार तानेर काम चलाउनू!´´त भनेँ तर मनमा उथलपुथल भयो।

म यता धाराको पानी खोलेर मज्जाले चलाइराको छु। सोच उता पुगेको छ। तुलना गर्छु , यता एक सेकेन्ड पनि पानी बन्द हुँदैन। न त ट्याङ्की छ न त पानी तान्ने मोटर नै! छ त शुल्क बुझाउने मिटर ! जति चलाउँछौ, उति शुल्क बुझाऊ। कस्तो आनन्द!

उता हाम्रो नेपालका जनतालाई खानकै लागि पानी र ग्यासजस्तो अत्यावश्यक कुरा जुटाउन पनि कत्रो तनाव? जगेर्नामा समयको नाश पनि हुने! विकसित र विकासोन्मुख देशको फरक केलाउनुबाहेक निरीह जनताले अरू के गर्न सकिन्छ र?

``एक कप चिया खाऊँ न!´´ श्रीमानको आवाजले म झसङ्ग भएँ।

चिया पकाएर दिँदै गर्दा प्रश्न गरेँ, ``होइन, हामी नेपाली जनतालाई किन यत्रो सास्ती? गर्दा नहुने त केही गाह्रो होइन होला?´´

मेरो प्रश्नलाई वास्तै नगरेर चियाको चुस्की लिँदै भन्नुभयो, ``गए राति युयसले इरानमा न्युक्लियर बम हानेछ। चिन्ता हाम्रो खानेपानीको भन्दा विश्वको हो। अब के पो हुने होला? ´´

``म गर्छु आग्राको कुरा, हजुर गर्ने गाग्राको कुरा! ´´ रन्थनिँदै सोधेँ, ``जनतालाई खानेपानी उपलब्ध गराउनु सरकारको जिम्मेवारी होइन? हो भने यसबेला सरकार खोई? ´´

प्रकाशित: २५ असार २०८३ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App