नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ। यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ।
सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्। यो फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन्। नाइटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौबाट सुरु हुँदैछ।
फिल्मको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो। यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन्।
महाशिवरात्रि र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको बताएका छन्।
सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रिप्रोडक्सनको काम चलिरहेको छ।
प्रकाशित: १५ असार २०८३ १२:५४ सोमबार





