आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोबारे बालगायक अशोक दर्जीले स्पष्टीकरण दिएका छन्। भिडियोमा अशोकलाई दुई जना युवकले चोर भनेर पिटिरहेको देखाइएको थियो।
उक्त आरोपहरूको खण्डन गर्दै दर्जीले भने ‘मैले कसैको पैसा चोरेको छैन। मलाई बदनाम गर्न खोजिएको हो।’
उनले शुक्रे भन्ने मान्छेले आफूलाई कुटी रहेको र अनित भन्नेले क्यामेरा समातेको बताए। भिडियोमा चोरीको आरोप लगाइएपनि आफूले चोरी नगरेको उनले बताए।
उनीहरू दुई युवकले छिमेकी दाइको पैसा चोरेका दर्जीको आरोप छ। भिडियो एक महिना अगाडीको रहेको र एक्कासि आफूमाथि प्रहार गर्दा आफूले कुनै प्रतिक्रिया जनाउन नसकेको दर्जीको भनाई छ।
क्यामेरा समाउने अनितलाई प्रहरीले समातेको र यो घटनामा प्रहरीलाई उजुरी दिइसकेको दर्जीले बताए।
प्रकाशित: १२ श्रावण २०८३ ११:५८ मंगलबार





