३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

सकियाे ‘कार्की साइँला’ को छायांकन

राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ। सुटिङ थालेको २१ दिनमा फिल्मको छायांकन समाप्त भएको हो।

निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। उनले एक महिनाको सुटिङ सेड्युल राखेर काम गरिएको भए पनि फिल्मका कलाकार र प्राविधिकहरूको अथाह मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए।

यस फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रियना आचार्य (मुन्नी) ’रहेकी छन्। उनीहरूको यो पहिलो फिल्मको सहकार्य हो। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’ मा अभिनय गरेकी थिइन्।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यस फिल्ममा द्वन्द्व किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले घोषणा गरेको छैन।

प्रकाशित: ३ चैत्र २०८२ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App