अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘गुन्यू चोलोः द ड्रेस’ अब कम्बोडियामा प्रदर्शन हुने भएको छ।
आज मंगलबार हुसेनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका छन्। जहाँ उनले एक भिडियो मार्फत १४ जनवरी भोलिबाट अब कम्बोडियामा पनि प्रदर्शन हुने भएको उनले जनाएका छन्।
गत भदौ १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा अल्पसंख्यकको दुःख र समाजबाट बेहोरेको अवहेलना चलचित्रमा देखाइएको छ। समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्मले लैंगिक अल्पसंख्यक पारालिंगी समुदायको कथा भन्छ । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ।
प्रकाशित: २९ पुस २०८२ १४:०३ मंगलबार





