२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

टेलर स्विफ्टको इन्गेजमेन्ट, चर्चामा करोडौँको औँठी

अमेरिकी गायिका टेलर स्विफ्टले ट्राभिस केल्सीसँग इन्गेजमेन्ट  गरेकी छन्। उनीहरूले सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्बिर साझा गरेका छन्। फरक क्याप्सनसहित इन्गेजमेन्टको घोषणा भएको छ। टेलर स्विफ्टको इन्गेजमेन्टको औँठीको मूल्य करोडौँमा रहेको चर्चा छ।

दुई वर्षको प्रेमपछि जोडीले मंगलबार सामाजिक सञ्जालमा इन्गेजमेन्टको खबर साझा गरेका थिए। तस्बिरमा टेलर स्विफ्टको हीराको औँठी सबैको ध्यानमा छ। स्विफ्टले तस्बिर सेयर गर्दै लेखिन्, ‘तपाईंको अंग्रेजी शिक्षक र जिम शिक्षक अब विवाह गर्दैछन्।’ तर उनले कमेन्ट बक्स बन्द गरेकी छन्। क्याप्सनमा डायनामाइट स्टिक इमोजी पनि छ।

स्विफ्टको औँलामा ठूलो एन्टिक हीरा जडित औँठी छ। जानकारी अनुसार यो औँठीको मूल्य करिब पाँच लाख ५० हजार डलर (झण्डै ८ करोड रुपैयाँ) पर्छ। यो खबरले फ्यानहरू खुसी छन्।

विश्वकै धनी महिला गायिका टेलर स्विफ्टको सम्पत्ति १.६ अर्ब डलर छ। फोर्ब्सका अनुसार २०२४ मा ६० करोड डलर भ्रमण र रोयल्टी, ६० करोड डलर संगीत एल्बम र १० करोड २५ लाख डलर घरजग्गा लगानीबाट आएको थियो। २०२३ मा स्विफ्टले स्ट्रिमिङबाट १० करोड डलर रोयल्टी कमाएकी थिइन्, जुन ‘मिडनाइट्स’ र १९८९ को एल्बमबाट प्राप्त भएको थियो।

स्विफ्ट र केल्सीको प्रेम सन् २०२३ मा क्यान्सास सिटीमा स्विफ्टको इरास टुरबाट सुरु भएको थियो। न्यु हाइट्स पोडकास्टमा केल्सीले भनेका थिए, ‘म निराश थिएँ कि उनी आफ्नो कार्यक्रम अघि वा पछि बोल्दिनन् किनभने उनले गाउने ४४ गीतहरूको लागि आफ्नो आवाज बचाउनु पर्छ, म उनलाई मैले बनाएको ब्रासलेट मध्ये एउटा पनि दिन सकिँन।’ इतिहासकै ठूलो टाइट एन्डमध्ये एक केल्सी १० पटक प्रो बलर र सात पटक अल-प्रो भएका छन्। एजेन्सी

प्रकाशित: ११ भाद्र २०८२ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App