२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गायक पशुपति शर्मा सवार कार दुर्घटना, अवस्था सामान्य

तस्बिर: शर्माको फेसबुकबाट।

लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जामा दुर्घटनामा परेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–२ मा भएको दुर्घटनामा शर्मा सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो।

गायक शर्माको देब्रे हातको कान्छी औँलामा चोट लागेको प्रहरीले जानाएको छ। कारमा सवार अन्य तीन जनालाई भने ठूलो चोटपटक लागेको छैन।

दुर्घटना सामान्य प्रकृतिको भएको र कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। गायक शर्मा एक सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका थिए।

प्रकाशित: २१ श्रावण २०८२ १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App