कम्बोडियन पप आइकन सकिरा १९ वर्षपछि भारतमा लाइभ प्रस्तुति दिन आउने भएकी छिन्। यसअघि उनले सन् २००७ मा आफ्नो ‘ओरल फिक्सेसन’ टुरका क्रममा मुम्बईमा कन्सर्ट गरेकी थिइन्। उनले अन्तिम पटक सन् २००७ मा भारतमा प्रस्तुति दिएकी थिइन् र अब १९ वर्षको लामो अन्तरालपछि पुनः आफ्नो भारतीय प्रशसंहरू सामु आफ्नो कमब्याक गर्न लागेकी हुन्।
उनको भारत टुरमा मुम्बई, दिल्ली र बैंगलोर जस्ता प्रमुख सहरहरूमा प्रस्तुति दिने भएकी छिन्। कार्यक्रमको आधिकारिक घोषणा भएपछि कन्सर्टका टिकटहरूको बुकिङ सुरु गरिनेछ। आयोजकहरूले कार्यक्रम सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेका छन् भने टिकट मूल्य र बुकिङ प्रक्रियाबारे जानकारी चाँडै सार्वजनिक गरिने बताइएको छ।
हिन्दुस्तान दाइम्सका अनुसार सकिराको प्रस्तुतिमा लाइभ गायन, आकर्षक नृत्य र ऊर्जाले भरिएको स्टेज शो हेर्न पाइनेछ। भारतमा प्रस्तुति दिनु आफ्ना लागि सधैं विशेष रहेको उनको भनाइ छ। र मुम्बई तथा दिल्लीका फ्यानहरूसँग पुनः भेट्न उत्साहित रहेको उनले बताइन्।
प्रकाशित: ९ फाल्गुन २०८२ १४:३७ शनिबार





