चलचित्र झरीपछिको इन्द्रेणीको आइतबार ट्रेलर सार्वजनिक भएको छ।
हास्य कलाकार अजुर्न घिमिरेको डेब्यू निर्देशनमा बनेको चलचित्रमा भाद्र २४ गते नेपाल भरि भएका जेन-जी आन्दोलनसंग सम्बन्धित चलचित्र बनाइएको महसुस हुन्छ।
ट्रेलरले दर्शकको कौटुहलता बढाएको छ। ट्रेलरमा बुवा छोराको बातबिबाद देखाइएको छ।
साथै ट्रेलरमा देशका नेताहरूलाई कटाक्ष देख्न सकिन्छ। यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्।
साथै चलचित्रमा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।
बालकलाकारमा दिप्सन चिलवाल छन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन्।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन्।
चलचित्र पौष ४ देखी देशभरको सिनेमामा प्रदशर्न हुने भएको छ।
प्रकाशित: २१ मंसिर २०८२ १५:५४ आइतबार





