सेतो सफेद तन्ना जस्तै
सफा र पवित्र प्रेमको मुर्ति हौ तिमी
तिम्रो सफा हृदयको सुन्दरतालाई
मेरो मनको आँखाले हेर्यो
मनले मुटुमा बेर्यो
आत्माले पुकार्यो
स्नेहले सहवास गर्यो
सम्झनाको बिउ उम्रियो
त्यो उपहार बोकेर
जुनजुनी तिमीलाई
कुरिरहने बने म
कल्पना मै अभिन्न बन्यौ तिमी
कसैको उपस्थिति
तिम्रो जस्तो मुल्यवान भएन
कसैको आभाश
तिम्रो जस्तो मिठो बनेन
कतै टाढा अँधेरिँदै गयौ तिमी
तिम्रो आभाष झन् गाढा हुँदै गयो
म तिम्रो आलो प्रित बोकेर
तिमीलाई पुकारिरहेँ
आराधना गरिरहेँ
तिम्रा हरेक सफलकाका लागि
इश्वर हौ तिमी मेरा
तिम्रो यादमा प्रेम छ
तिम्रो यादको अगाडि
फिक्का छ यो रङ्गीन दुनियाँ पनि
कसैको सुन्दरताले छुन नसकेको
कुनै मादकताले मत्याउन नसकेको
तिम्रो प्रमको आभाषले
मत्याइरहेछ हरेक पल
म बोकेर तिम्रो आभाष
संसार चाहरिरहेछु
मतलवी दुनियाँको खेल
चुपचाप निहारिरहेछु
मेरो जूनमा तिमी
मेरो धूनमा तिमी
तिमीलाई छुने रहर
मनको नियाँस्रो धुने रहर
यो तड्पन यो छटपटाहट
कहिले पूरा नहोस्
तिम्रै यादमा तड्पिरहूँ
छटपटिरहूँ
छोएर भेटेर मेट्न नपरोस्
हाम्रो प्रेम अवशेषहरू।
प्रकाशित: ६ वैशाख २०८३ ०९:२३ आइतबार




