दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो।
भेटमा व्यापार र लगानीमा ध्यान केन्द्रित गर्नुका साथै नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
यसअघि सोमबार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका थिए। सोही दिन उनले नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने बारेमा उद्योगका नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा डिजिटल पूर्वाधार, एआईको प्रयोग, साइबर सुरक्षा र अमेरिकी प्रविधि कौशल साझा गर्ने तरिकाहरूका बारेमा कुराकानी भएको थियो।
सोमबार बिहान नेपालको तीन दिने भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री कपुर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: ८ वैशाख २०८३ ११:५० मंगलबार




