२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

२४ घण्टामा तीन हजार बढी सवारी चालक ट्राफिक कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन् । कारबाहीबाट जम्मा राजस्व रकम रु २५ लाख १५ हजार ५०१ रहेको छ ।’

प्रकाशित: ८ वैशाख २०८३ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App