२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

पलको जन्मदिनमा ‘आ बाट आमा २’ को निर्माण घोषणा

अभिनेता पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल बन्ने घोषणा भएको छ।

आज शाहको जन्मदिनको अवसर पारेर उक्त चलचित्रको सिक्वेल बन्ने घोषणा गरिएको हो। साथै, ‘आ बाट आमा २’ को पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ।

सार्वजनिक भएको पोस्टरमा शाहलाई मात्र देखाइएको छ। उनी पोस्टरमा कैयौँ चोटपटक लागेका र मिश्रित भावमा देखिएका छन्। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्।’ संवाद पोस्टरमा राखिएको छ।

चन्द्र पन्तको निर्देशनमा आउने चलचित्र भने दसैँलाई लक्षित गरिएको अनुमान गर्न सकिन्छ। दसैँको जमरा र आमाको पर्खाइको कथा चलचित्रमा रहने संकेत दिएको छ।

‘आ बाट आमा’ गत माघ १६ गते सार्वजनिक भएको थियो। 

प्रकाशित: १० फाल्गुन २०८२ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App