गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्यष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार अन्त्यष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई सोमबार अन्त्यष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएको थियो ।
प्रशान्तको अन्त्यष्टिमा स्थानीय कलाकारले उनकै गीतहरु गाएका थिए भने सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
४३ वर्षको उमेरमा प्रशान्तको आइतबार दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट निधन भएको थियो ।
भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ का तेस्रो सिजनका विजेता प्रशान्तले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतला नेपाली फिल्म अभिनय गरेका छन् । विजेता बनेपछि उनले कोलकोता प्रहरीको जागिर छाडेका थिए ।
प्रकाशित: २९ पुस २०८२ २१:१४ मंगलबार





