१) मुक्तक
कोही आफ्ना हुँदैनन् यहाँ सधैंका लागि
समयले कहाँ पर्खिन्छ र कसैका लागि
मान-सम्मान पैसा पनि केही हैन रहेछ
मर्दै बाँचिरहेछन् मान्छे यहाँ यसैका लागि।
२) मुक्तक
मठमन्दिर र नधाएर के गर्नु त?
फूल-प्रसाद नचढाएर के गर्नु त?
न्याय हताहत् भएको देश हो यो-
भजनकिर्तनमा नरमाएर के गर्नु त?

३) मुक्तक
नेताहरू यदि यहाँ असल हुँदो हो त
ग्राहक ठग्दै नठग्ने पसल हुँदो हो त
स्वर्गभन्दा के कम थियो र यो देश?
हरेक साल राम्रो फसल हुँदो हो त।
प्रकाशित: २२ कार्तिक २०८२ १२:१७ शनिबार





