गायिका एलिना चौहान यतिबेला सांगीतिक कार्यक्रमका लागि अमेरिकामा छन्। गायिका चौहानसहित अन्य कलाकार 'अब गाउँछ अमेरिका' का लागि अमेरिका भ्रमणमा छन्।
सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै गायिका चौहानले न्युयोर्कको कार्यक्रम एकदमै उत्कृष्ट भएको बताएकी छन्। उनले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने आयोजकसहित सबैलाई धन्यवाद पनि दिएकी छन्।
चौहानसँगै बद्री पंगेनी, प्रताप दास अनि कला लम्साल पनि अमेरिकामा छन्। यस कार्यक्रमले अमेरिकामा नै जन्मेका नेपालीमूलका व्यक्ति तथा परिवारहरूमा मौलिकता बुझाउने तथा संस्कृति हस्तान्तरण गर्ने र नेपालमा जन्मेका अमेरिका रमाइलोलाई ताजा बनाउन सहयोग गर्ने जनाइएको छ।
१० अगस्टदेखि जारी यो टुर ३० अक्टोबरसम्म अमेरिकाभर चल्ने जनाइएको छ।
तस्बिर : चौहानको फेसबुकबाट लिइएको हो।







प्रकाशित: १ भाद्र २०८२ १५:१२ आइतबार





