१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘अभिमन्यु: च्याप्टर-१’ को ‘मरौँ ज्यानले’ गीत सार्वजनिक

‘अभिमन्यु: च्याप्टर-१’ चलचित्रको ‘मरौँ ज्यानले’ गीत सार्वजनिक भएको छ। मंसिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीत निर्माण पक्षले सार्वजनिक गरेको हो।

गीतकार सुरेश बादलको शब्दलाई सुशान्त गौतमको स्वर र संगीतले जीवन्त तुल्याएकाे छ। प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र खुसीले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ।

गीतमा सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी छ। प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन्। चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई-मधेश देख्न सकिन्छ।

‘अभिमन्यु: च्याप्टर-१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलकाे मुख्य भूमिका छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु: च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा छन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु: च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ संयोजन र मदन घिमिरेको सम्पादन छ।

प्रकाशित: ५ मंसिर २०८२ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App