११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ सार्वजनिक

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी शाक्यले लेखेको जीवनका अनुभवहरू समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो। एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओलीसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रूपमा कृति विमोचन गरे। कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो।  

सो अवसरमा आइतबार नै एमाले अध्यक्ष ओली र शाक्यबिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उनीहरूलाई अभिनन्दन समेत गरिएको थियो। कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाएकी थिइन्।

प्रकाशित: १० फाल्गुन २०८२ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App