२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मकवानपुरमा ट्रक खोल्सामा खस्यो, एक गम्भीर

मकवानपुरको भिमफेदी गाउँपालिका-१ रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

करिब ८:२० बजेको समयमा बा.प्र.०३–००१ क ०१२४ नम्बरको खाली आइचर ट्रक सडकबाट करिब १५/२० फिट तल खोल्सामा खसेर दुर्घटना भएको हो।

प्रहरी चौकी भैँसेबाट प्रहरी सहायक निरीक्षक (असई) भरत खड्काको नेतृत्वमा ट्राफिकसहित ५ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। दुर्घटनामा अन्दाजी २६/२७ वर्षका देखिने एक पुरुष गम्भीर घाइते भएका छन्।

शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ। घाइतेको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको र पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल उक्त सडकखण्डमा यातायात आवागमनमा कुनै अवरोध छैन। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ २१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App