१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सन्देश

कविता

सफलताको उन्मादमा झुमी मात्र बस्यौ भने

हिजोजस्तै निमुखाको रोजीरोटी खोस्यौ भने

जयजयकारको नारा लाउने बदलिन सक्छन्

फूलको माला बोक्नेहरू बाटो मोड्न सक्छन्।

आशा अनि भरोसाका धरोहर हौ तिमी

भोका, नाङ्गा, असहायका विश्वास बन्यौ तिमी

युगले खोज्यो, देशले रोज्यो, नायक भयौ तिमी

मौका पायौ, चौका हान, सफल बन्छौ तिमी।

सेवक बन्यौ जनताको, मालिक बन्नु हुन्न

पाइला चाल सोची सम्झी गल्ती गर्नु हुन्न

विपक्षीका कुरा सुन, आफ्ना कुरा पनि भन

समस्याका सबै हल, मौनतामा भेदिँदैन।

घुम्ने मेचमा अन्धो बनी बस्न पाइने छैन

एक पल्टलाई मौका पायौ, सदा काललाई होइन

बेथिति र भ्रष्टाचारको जालो हटाऊ तिमी

देशको मुहार फेर्न चाहे सधैं साथमा हामी।

प्रकाशित: १२ वैशाख २०८३ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App