आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन्। त्रिवि क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
लिग-२ शृङ्खलाको पहिलो खेल जारी छ। घरेलु मैदान र दर्शकको साथ पाएको नेपाल शनिबार युएईलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
नेपालले शनिबारको खेलका लागि आफ्नो सुरुवाती ११ खेलाडीको टोली पनि सार्वजनिक गरेको छ। जसमा बसिर अहमदले पनि स्थान बनाएका छन्।
युएईविरुद्ध खेल्ने नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, बसिर अहमद, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन्।
प्रकाशित: १२ वैशाख २०८३ ०९:३७ शनिबार





