१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सांसद साम्पाङको सुझाव : बालेन जी... विकासमा लाग्नु, पुरानो जुङ्गाको फाइट छोड्नु

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द‍्र शाहलाई जनतालाई धेरै दु:ख नदिन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री शाहलाई यस्तो सुझाव दिएका हुन्। उनले शाहलाई विकासमा लाग्न सुझाव दिँदै भने, 'बालेन जी... तपाईँलाई मेरो सुझाव जनतालाई धेरै दु:ख नदिनु! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ! सत्य यही एउटा माटो हो! त्यसैले चुनाव चिह्न पनि माटो नै लिएर आएको म त! विकासमा लाग्नु! पुरानो जुङ्गाको फाइट छोड्नु! आजको मितिमा तपाईँकै जुङ्गा लामो छ! छोड्दिनु भो!'

प्रकाशित: १२ वैशाख २०८३ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App