९ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

माया गुरुङको ‘यात्रा’ लोकार्पण

कवि माया गुरुङको मुक्तकसङ्ग्रह ‘यात्रा’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरद्वारा आयोजित एक कार्यक्रमबिच बेलायतमा लोकार्पण भएको छ। २११ औं भानुजयन्ती, ३४ औं ईश्वर जयन्ती तथा सुप्रमा–इनमा पुरस्कार वितरण समारोहबिच ‘यात्रा’ को सार्वजनिकीकरण भएको हो।

प्रमुख अतिथि घिमिरेले बेलायतमा नेपाली साहित्यको जगेर्ना भएकोमा खुसी व्यक्त गर्दै नेपाली साहित्यलाई अंग्रेजीमा समेत अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको बताए। कार्यक्रम बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख अतिथ्यमा सम्पन्न भयो। साहित्यकार सुमल गुरुङले मुक्तककार माया गुरुङको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रतिमा केसीले कृतिको समीक्षा गरिन्।

अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निलमकुमार पौडेल, फणिन्द्र भट्टराई, गंगा भण्डारी, दूत पुन, जित बुढाथोकी, सारा गुरुङ, विसन थापा मगर, अहिल्या कुँवर, मिन राना मगरलगायतका सर्जकले सिर्जना वाचन गरेका थिए।

गुरुङका यसअघि कवितासङ्ग्रहहरू ‘जिन्दगी’, ‘ऐना’ र ‘बाको जुत्ता’ प्रकाशित भइसकेका छन् । 

प्रकाशित: ३१ श्रावण २०८२ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App