१ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘मञ्जुल’ र ‘प्रतिज्ञा’ लाई ‘एपेक नेपाल’ बाट सम्मान

‘एपेक नेपाल’ ले २७ औँ वार्षिकोत्सवकाे अवसरमा अग्रज साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’ र नवाेदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई सम्मान अर्पिएकाे छ।

एपेक नेपालका अध्यक्ष विश्वविमाेहन श्रेष्ठकाे अध्यक्षता र अग्रज स्रष्टा अभि सुवेदीकाे प्रमुख आतिथ्यमा एपेक नेपाल’ ले २७ औं वार्षिक उत्सव मनाएकाे हाे।

अग्रज कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’ लाई ‘विश्वज्योति काव्य सम्मान’ अर्पिएकाे हाे। उक्त पुरस्कार नेपाली वाङ्गमयको श्रीवृद्धिमा निरन्तर समर्पित स्रष्टालाई एपेक नेपालले सालैपिच्छे अर्पिंदै आएकाे छ। सम्मानित व्यक्तित्व ‘मञ्जुल’ लाई सम्मानपत्रकाे साथमा नगद राशि ५१ हजार रुपैयाँसहित ‘विश्वज्योति काव्य सम्मान’ अर्पिएकाे हाे। सम्मान व्यक्तित्व राल्फा आन्दोलनका सक्रिय योद्धा हुन्। उनकाे नेपाली साहित्य र संगीतमा छुट्टै याेगदान छ।

त्यस्तै सुर्खेतकी नवाेदित सर्जक हिमा रोका ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ अर्पिएकाे हाे।

‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ विजेता सुर्खेतकी स्रष्टा रोकाकी ‘प्रतिज्ञा’ लघुकथासंग्रह लाेकार्पण गरिएकाे हाे। ४० वर्षमुनिका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हाे। नेपाली लघुकथाको क्षेत्रमा सिर्जनारत युवा लघुकथाकार हिमा रोकाको प्रतिज्ञा लघुकथाकृतिले विश्व ज्योति पाण्डुलिपि पुरस्कार- २०८२ प्राप्त गरेको हाे।

कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी ज्योति श्रेष्ठको निधनपछि श्रेष्ठ दम्पतीको नाममा एपेक नेपालले २०८१ सालदेखि विश्व ज्योति पाण्डुलिपि पुरस्कार अर्पिँदै आएको छ।

एपेक नेपालको २७ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित सम्मान तथा लोकार्पण समारोहमा प्रतिज्ञाको  पाण्डुलिपिलाई पुरस्कृत गरिनुका साथै प्रतिज्ञा लघुकथासंग्रह लाेकार्पण गरिएकाे हाे।

सभाध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्रमुख अतिथि अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, उषा शेरचन, रश्मि शर्मा, सुधाकर पाठक, राजेन्द्र सलभ, लघुकथाकार रोकाले कृतिको लाेकार्पण गरेका हुन्। पुरस्कृत लघुकथाको पाण्डुलिपि साङ्ग्रिला बुक्स प्रकाशनले ल्याएकाे हो।

कार्यक्रममा पाण्डुलिपिका निर्णायक श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार रोकाको परिचय राख्दै प्रतिज्ञा लघुकथामा निकै सशक्त लघुकथाहरू समेटिएको बताउँदै बधाई तथा शुभकामना दिएका थिए।

समारोहमा भारतीय साहित्यकार तथा हिन्दुस्तान भाषा अकादेमीका सुधाकर पाठकले प्रतिज्ञा लघुकथासङ्ग्रहलाई हिन्दीमा अनुवाद गरेर कृति प्रकाशन गरी दिल्लीमा लाेकार्पण गर्ने विचार राख्दै आयोजकसमक्ष अनुमति मागेकाे हाम्राे लघुकथा केन्द्रकी संस्थापक लघुकथा अभिभावक लता केसीले बताइन्।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा भएकाे कार्यक्रमकाे सञ्चालन चर्चित रेडियाेकर्मी तथा कवि लिला अनमोलले सञ्चालन गरेकी थिइन्।

कार्यक्रममा नेपाली हिन्दी कवितासंग्रह "अनुभूति" पनि लाेकार्पण गरिएकाे छ। उक्त संग्रहमा नेपाल र भारतका ३१/३१ कविका नेपाली र हिन्दीमा लेखिएका १२४ कविता सङ्गृहीत छन्।

यस अवसरमा भारतबाट ‘हिन्दुस्थानी भाषा अकादमी’ का अध्यक्ष सुधाकर पाठकको नेतृत्वमा १९ सदस्यीय साहित्यिक टोलीलाई स्वागत गरिएको थियो। स्वागत मन्तव्य सशक्त कवि, चलचित्र निर्देशक तथा एपेक नेपालका कार्यकारी निर्देशक राजेन्द्र शलभ गरेका थिए।

प्रकाशित: २६ चैत्र २०८२ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App