पूर्वमन्त्री सुदन किराँतीले सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको पूर्वाधार विकाससँग सम्बन्धित प्रस्तावमा ‘महेन्द्र राजमार्ग’ शब्दको प्रयोग भएको विषयमा आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत देश बनाउँछु भन्नेले के गर्नेसँगै के नगर्ने भन्ने विषय पनि बुझ्न जरुरी रहेको बताएका छन् । महेन्द्र राजमार्ग नामाकरण गरेर दिन खोजेको सन्देश के भन्दै उनले गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकको मोह हो भन्दै प्रश्न गरेका छन् ।
उनले गणतन्त्रलाई रास्वपाले खीलको रुपमा लिएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘देश बनाउछु भन्ने नेताले के-के गर्नुपर्छ भन्ने थाहा पाउनु मात्र प्रयाप्त हुदैन, के-के गर्नु हुँदैन भन्ने पनि थाहा पाउन त्यतिकै जरूरी हुन्छ । बालेन सरकारले सार्वजनिक गरेको "राष्ट्रिय प्रतिवद्धता पत्र"मा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामाकरण गरेर दिनु खोजेको सन्देश के हो ? गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ? राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना सँगै "यो खील निकाल्ने वर्ष हो, पीडा हुन सक्छ" भन्नु भएको थियो । के गणतन्त्रलाई रास्वपाले खीलको रूपमा लिन थालेको हो ?’
यो पनि पढ्नुहोस् ।
राजा महेन्द्रको योगदानको कदर गर्दै पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ पहिचान दिने तयारी
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रवि लामिछाने
प्रकाशित: १ वैशाख २०८३ २१:१३ मंगलबार





