७ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘कृष्ण र कंसकाे संवाद’ खण्डकाव्य लोकार्पण

राप्ती साहित्य परिषद् दाङले साहित्यकार महेश्वर शर्मा ‘अविरल’ को ‘कृष्ण र कंसको संवाद’ खण्डकाव्य लोकार्पण गरेको छ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यमा खण्डकाव्यकाे लोकार्पण भएको थियो।

महाभारतकालीन पात्र र प्रवृत्तिलाई अहिलेको प्रसंगमा जोडेर गलतका विरुद्ध तिखो प्रहार गरेको वक्ताहरूले बताए। अहिलेको समाज तथा विकृतिका विरुद्धमा पुस्तकले उचित धारणा बनाउन मद्दत गर्ने उनीहरूको भनाइ थियो।

पुस्तकका ७२ पृष्ठमा रहेका सामग्रीले पौराणिकताको झल्को दिए पनि विषय अहिलेका समेटिएको समीक्षक साहित्यकार पद्मप्रसाद शर्माको भनाइ थियो। उनका अनुसार पुस्तक पठनीय, रोचक र ज्ञानवर्द्धक छ।  खण्डकाव्यमा नयाँ प्रयोग पनि हो। शीर्षक नहालेर लेखिन्छन् तर यसरी खासै लेखिएका थिएनन्।

यसअघि उनकाे ‘विश्व परिवेशलाई नियाल्दा’ कवितासङ्ग्रह प्रकाशित छ। स्यार्पु बहुमुखी क्याम्पस बाँफीकोट रुकुम पश्चिमका सेवानिवृत्त क्याम्पस प्रमुख शर्माले लेखिरहने प्रतिबद्धता जनाए। बाँकी जीवन लेख्ने र प्रकाशन गर्नेमा बिताउने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोखरेल, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा र राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्य शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए भने परिवारको तर्फबाट उनका सुपुत्र टङ्क लम्सालले धन्यवाद मन्तव्य दिएका थिए।

प्रकाशित: २३ कार्तिक २०८२ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App