१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ विमोचन

अमृता कठायत (बस्नेत)द्वारा लिखित ‘कर्णालीकी छोरी: संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमोचन गरिएको छ । प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही र चन्दननाथ नगरपालिका उप–प्रमुख रामदेवी खड्काले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।  

पुस्तक विमोचन गर्दै प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले भने, ‘pनी शिक्षिकामात्र होइनन्, उनी समाजको आत्मा हुन्।’

यस्तै नगरपालिका उप–प्रमुख रामदेवी खड्काले भनिन्, ‘अमृताले नारीहरूलाई सिकाइन्आत्मनिर्भरता भनेको सौन्दर्य हो,र शिक्षा भनेको मुक्ति।’

यो पुस्तकपछि अमृता कठायत (बस्नेत) एउटा नाम नभइ एउटा प्रेरणा रहेको । एउटी छोरीमात्र नभइ कर्णालीको उज्यालो भएको तथा एउटा कथामात्र नभइ युगको अभिलेख रहेको भन्दै चर्चा गरिएको छ । 

२३२ पृष्ठ, ४६ अध्यायको यो पुस्तकका प्रत्येक पानामा एउटा धड्कन, एउटा सपना, एउटा आँसुसँगै अमृताको संघर्षको दस्तावेज रहेको बताइएको थियो । यो अमृतासँगै कर्णालीकी छोरीहरूको सामूहिक कथा, हजारौं वर्षको मौनता रहेको पुस्तक विमोचनका क्रममा सहभागीले बताएका छन् ।  

प्रकाशित: १२ कार्तिक २०८२ २१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App