तेलुगु अभिनेता जुनियर एनटीआर विज्ञापन छायांकनका क्रममा घाइते भएका छन्। उनलाई सामान्य चोट लागेको जनाइएको छ। शुक्रबार उनको टोलीले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै अवस्था ठीक भइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आज (शुक्रबार) विज्ञापन छायांकनका क्रममा एनटीआरलाई सामान्य चोट लाग्यो। डाक्टरले उनलाई पूर्ण रूपमा निको हुन केही हप्ता आराम गर्न सुझाएका छन्। उनको अवस्था स्थिर छ। चिन्ता गर्नुपर्ने कुनै कारण छैन। प्रशंसक मिडिया र फ्यानलाई अनुमान नलगाउन अनुरोध गर्छौं।’
एनटीआर हालै अभिनेता ऋतिक रोशनसँग फिल्म ‘वार २’ मा देखिएका थिए। फिल्मले बक्स अफिसमा कमजोर प्रदर्शन गरे पनि उनको अभिनयको प्रशंसा भएको थियो। यो फिल्म अयान मुखर्जीले निर्देशन गरेका थिए।
एनटीआर अहिले आफ्नो अर्को फिल्म ‘एनटीआर नील’ को तयारीमा छन्। ‘ड्र्यागन’ नामको यो फिल्म प्रशान्त नीलले निर्देशन गर्दैछन्। अर्को वर्ष जुनमा रिलिज हुने तयारीमा छ। एजेन्सी
प्रकाशित: ४ आश्विन २०८२ १३:५४ शनिबार



-600x400.jpg)

