२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘पीआर’को बेचियाे जापानमा प्रदर्शन अधिकार

मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बेचेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।

चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने, ‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बेचिसकेका छौं। अन्य देशका फिल्म वितरकहरूसँग पनि छलफल हुँदै छ। केही दिनमै थप जानकारी दिनेछौं।’

निर्देशक बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो उच्च देखिएको छ।

उनका भनाइमा, “फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति गरेको अपेक्षा कथाको केन्द्र बनाइएको छ।”

प्रकाशित: २६ कार्तिक २०८२ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App