११ अगस्ट १९८५ मा बहराइनमा जन्मिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आज आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन्। हालै ज्याकलिन 'हाउसफुल ५' मा देखिएकी थिइन्।
श्रीलंकामा जन्मिएकी ज्याकलिनले २००९ मा "अलादिन" फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनका प्रमुख फिल्महरूमा "किक", "रेस २", "हाउसफुल" सिरिज र "जुडवा २" समावेश छन्। उनको अभिनय र नृत्यलाई दर्शकले राम्रोसँग मन पराएका थिए। हालै उनी "हाउसफुल ५" मा देखा परिन्, जसमा सेन्सर बोर्डले केही परिवर्तन गरेको छ।
ज्याकलिन आफ्नो फिटनेस र आध्यात्मिकताको लागि पनि परिचित छिन्। मिडिया रिपोर्टका अनुसार उनी आफ्नो दिनको सुरुवात योग र कफीबाट गर्छिन्, जसले उनलाई ऊर्जावान राख्छ। उनी सामाजिक सञ्जालमा फ्यानहरूसँग फिटनेस टिप्स साझा गरिरहेकी हुन्छिन्।
ज्याकलिन फर्नान्डेजले अगस्ट ११ मा आफ्नो जन्मदिन मनाइरहेकी छिन्। मिडिया रिपोर्टका अनुसार गत वर्ष यस अवसरमा जेलमा रहेका कथित ठग सुकेश चन्द्रशेखरले उनलाई एउटा याट उपहार दिएका थिए, जसको समाचारले हेडलाइन बनाएको थियो। सुकेशले पहिले पनि ज्याकलिनलाई धेरै महँगा उपहार दिइसकेका छन्, जसमध्ये केही २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। सामाजिक सञ्जालमा उनका केही रोमान्टिक तस्बिरहरू भाइरल भएपछि ज्याकलिनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो।
प्रकाशित: २६ श्रावण २०८२ १४:०४ सोमबार





