६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष’ विषयक अन्तरक्रिया

नेपाली लेखक संघ (२००८), स्याङ्जाले चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा ‘स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष’ विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ।

उक्त अन्तरक्रिया तथा सिर्जना वाचन वालिङ नगरपालिका - ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टमा भएकाे हाे।

युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताद्वय अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले ‘स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष’ को विषयमा सारगर्वित विचार प्रस्तुत गरेका थिए। त्यस्तै शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

साहित्यकार मिलन समीरले सहजीकरण  गरेकाे कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलव खनाल र ढालबहादुर केसी लगायतले आआफ्ना रचना वाचेका थिए।

प्रकाशित: १७ वैशाख २०८३ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App